आइतबार, भदौ ७, २०८३

प्रदेश २ : यस वर्ष धान उत्पादन वृद्धि हुने आशा

प्रदेश २ लाई नेपालकै अन्न भण्डार क्षेत्रको रुपमा लिइन्छ। हुनत नेपाललाई नै कृषि प्रधान देश भनिन्छ। नेपालको अर्थतन्त्रको मुख्य आधार पनि कृषि नै हो। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

जनकपुरधाम- प्रदेश २ लाई नेपालकै अन्न भण्डार क्षेत्रको रुपमा लिइन्छ। हुनत नेपाललाई नै कृषि प्रधान देश भनिन्छ। नेपालको अर्थतन्त्रको मुख्य आधार पनि कृषि नै हो। 

धान उत्पादनतर्फ किसानहरूलाई उत्प्रेरित गर्ने अभिप्रायले प्रत्येक वर्ष नेपालमा असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै आइएको छ। यसवर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १८औं धान दिवस मनाइएको छ।

धान दिवसको अवसरमा प्रदेश २ सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरूले खेतखेतमै पुगेर धान रोपाईको शुभारम्भ गरेका थिए। सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा हुँदै आएको छ। नेपालमा हुने कूल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७५/७६मा प्रदेश दुईमा ४ लाख १ हजार ९ सय ६ हेक्टर जग्गामा धान खोती भएकोमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक रहेको छ। जुन आर्थिक वर्ष २०७४/७५ मा भएको धान उत्पादन भन्दा ७४ हजार ६ सय ८ मेट्रिकटनले बढी हो। तर, आर्थिक वर्ष २०७७/७८ मा भने धान उत्पादनमा कमी आएको देखिन्छ।

प्रदेश २ मा आर्थिक वर्ष २०७७/७८मा अहिलेसम्म चैते र वर्षे दुबै मिलाएर १४ लाख ७३ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएको छ।

देशभरी राष्ट्रिय धान दिवस मनाइरहँदा प्रदेश २ मा अहिलेसम्म ३.६१ प्रतिशत मेट्रिक टन प्रतिहेक्टरको दरले धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ४ लाख १२ हजार १ सय ९१ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेश २ मा बारा जिल्लामा सबैभन्दा बढी धान उत्पादन भएको छ। कूल ५८ हजार २ सय ११ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ३७ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएको हो। त्यहाँ यस वर्ष प्रतिहेक्टर ४.०८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो।

यस्तै पर्सा जिल्लामा कूल ४७ हजार ५० हेक्टर खेती योग्य जग्गामा कूल २ लाख २८ हजार ५ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ। पर्सामा प्रतिहेक्टर ४.८६ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।

सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा १ लाख ८९ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको बताइएको छ। यहाँ प्रतिहेक्टर ३ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको पालले बताए।

सर्लाहीको ४६ हजार ३ सय ५० हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.९९ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ८४ हजार ८ सय ७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

धनुषामा ५९ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले कूल १ लाख ७७ हजार ३ सय ३० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, महोत्तरीमा ४५ हजार ८ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.५९ प्रतिशतको हिसाबले कूल १ लाख ६४ हजार ४ सय ९९ मेट्रिक टन उत्पादन भएको हो।

सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.०१ प्रतिशतको हिसाबले १ लाख ६२ हजार ४ सय २३ मेट्रिक टन उत्पादन भएको बताइएको छ। यस प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यहाँ ३८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.३३ प्रतिशतको हिसाबले १ लाख २८ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको छ।

यता, मल खाद्यको आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरू सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको गुनासो छ। धान उत्पादन उल्लेखनीय रुपमा हुनेमा समेत किसानहरू आशावादी छन्। 

मौसमले यस वर्ष साथ दिए पनि किसानहरू मलको अभावमा मर्कामा परेका छन्। प्रदेश २ मा सिंचाईको अभाव रहेको समयमा जसोतसो धान रोपाई गर्दै आएका किसानहरूलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ।

प्रकाशित: Jun 30, 2021| 01:45 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।