आइतबार, भदौ ७, २०८३

मनसुनी वायु थप सक्रिय, उच्च सावधानी अपनाउन आग्रह

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांस स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उच्च सावधानी अपनाउन महाशाखाको आग्रह छ।

मनसुन थप सक्रिय बनेसँगै विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Jun 30, 2021| 01:10 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।