आइतबार, भदौ ७, २०८३

यात्रुवाहक बस दुर्घटना, २८ घाइते

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा१ख २४३९ नम्बरको  यात्रुवाहक बस दुर्घटना हुँदा  २८ जना घाइते भएका छन्।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

दाङ- राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा१ख २४३९ नम्बरको  यात्रुवाहक बस दुर्घटना हुँदा  २८ जना घाइते भएका छन्। तीन जनाको अहिले उपचारका लागि तुलसीपुरस्थित  राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ। साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको थियो। 

घुम्ती रहेकाले  दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। गाडीमा करीब ३५/३६ यात्रु भएको हुन सक्ने जनाइएको छ। 

प्रकाशित: Jun 30, 2021| 00:59 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।