आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार दुर्घटनामा त्रिविका सहप्राध्यापक डा शंकर भण्डारीको मृत्यु

कार दुर्घटनामा त्रिविका सहप्राध्यापक डा शंकर भण्डारीको मृत्यु

रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

बुटवल- रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा शंकर भण्डारीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी एक जना घाइते भएका छन्। गाडीमा थप दुई जना रहे पनि उनीहरुको अवस्था सामान्य छ।

मंगलबार राति करिब ९ बजे भएको दुर्घटनामा तनहुँको छत्रकोट-१ हुँगाका भण्डारीको मृत्यु भएको हो भने सोही स्थान घर भई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर डा भण्डारी आफैंले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्। काठमाडौं बस्दै आएका उनी बुवाको वर्ष दिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए। उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए।

प्रकाशित: Jun 29, 2021| 17:03 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।