आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी प्रतिष्ठानका उपकुलपति कार्यकक्षमै थुनिए, मापसे परीक्षण गर्न आन्दोलनकारीको माग

बीपी प्रतिष्ठानका उपकुलपति कार्यकक्षमै थुनिए, मापसे परीक्षण गर्न आन्दोलनकारीको माग

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले कार्यकक्षमै थुनेका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

विराटनगर– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले कार्यकक्षमै थुनेका छन्।

उपकुलपति गिरीले आन्दोलनरत समूहलाई वार्तामा मंगलबार वार्तामा बोलाएका थिए। वार्ताका लागि संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गर्दा उपकुलपतिले मादक पदार्थ सेवन गरेको पाइएको आन्दोलनकारीहरुले बताएका छन्।

बोली लरबरिएकोले उनी मातेर कार्यकक्षमा आएको आन्दोलनकारीको आरोप छ। उपकुलपति मातेकोले गर्दा वार्ता भाँडिएको अनसनमा रहेका एक जना चिकित्सकले बताए। उपकुलपति गिरी र अरू पदाधिकारीहरूलाई अहिले आन्दोलनकारीहरुले उपकुलपतिको कार्यकक्षमा थुनेर राखेका छन्।

प्रतिष्ठानको बेथिति अन्त्यको लागि आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमबारदेखि आफ्नो माग सम्वोधन नगरेको भन्दै रिले अनसन सुरु गरेर आन्दोलन अघि बढाइरहेको बेलामा मंगलबार साढे ३ बजे आन्दोलनरत पक्षलाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको उपस्थितिमा वार्तामा बोलाइएको थियो ।

आन्दोलनकारीहरुले उपकुलपतिको कार्यकक्ष घेरेका छन् भने उपकुलपतिको मापसे परीक्षण गर्नुपर्ने लगायतको माग गर्दै नाराबाजी गरेका छन्।
 

प्रकाशित: Jun 29, 2021| 12:37 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।