आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रूपा सुनारको चरित्र हत्या गर्ने वेबपोर्टल बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलको पत्राचार

रूपा सुनारको चरित्र हत्या गर्ने वेबपोर्टल बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलको पत्राचार

रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री संप्रेषण गरेको भन्दै केही अनलाइन वेबपोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री संप्रेषण गरेको भन्दै केही अनलाइन वेबपोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। 

६ वटा अनलाइन नेपालभित्र खुल्न नसक्ने बनाउन काउन्सिलले प्राधिकरणलाई पत्र पठाएको हो। ती अनलाइनमा कालापानीपोष्ट डटकम, मिडिया२०पोष्ट डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, आजकोनयाँ डटकम, साझामिडिया डटकम र खबरमाला डटकम छन्।

सञ्चारमाध्यमको आवरणमा आफूविरुद्ध गलत अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा उजुरी दिएकी थिइन्। १३ असारमा सुनारले उजुरी दर्ता गराएपछि काउन्सिलले अनुगमन गरेको थियो।

अनुगमनबाट ती ६ वटै वेबपोर्टल नियमानुसार दर्ता भएको काउन्सिलको अभिलेखमा देखिन नआएकोले नेपालभित्र प्रकाशन–प्रशारण हुन नसक्ने व्यवस्था मिलाइदिन प्राधिकरणलाई पत्राचार गरेको हो।
 

प्रकाशित: Jun 29, 2021| 12:30 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।