आइतबार, भदौ ७, २०८३

आईसीयूमा उपचार गराइरहेका ६४९ संक्रमित सिकिस्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार आईसीयूमा रहेका ६४९ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमितमध्ये ६४९ जना गम्भीर अवस्थामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार आईसीयूमा रहेका ६४९ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। जसमध्ये १८४ ना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

बागमती प्रदेशमा ३७३ जना संक्रमित आईसीयूमा उपचाररत छन् उनीहरुमध्ये १२२ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा १२५ जना संक्रभित आईसीयूमा उपचाररत रहेकोमा ३७ जना भेन्टिलेटरमा, प्रदेश २ मा १९ आईसीयूमा रहेकोमध्ये १ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन्। 

गण्डकी प्रदेशमा ५९ जना आईसीयूमा उपचाररत रहेकोमा १२ जना भेन्टिलेटरको सहायतमा छन् भने लुम्बिनी प्रदेशमा ५४ जना आईसीयूमा उपचाररतमध्ये ७ जना भेन्टिलेटरमा छन्। त्यस्तै कर्णालीमा ८ जना आईसीयूमा उपचाररतमध्ये ४ जना भेन्टिलेटरमा छन् भने सुदूरपश्चिममा ८ जना आईसीयूमा रहेकामध्ये ४ जनालाई  भेन्टिलेटरको सर्पोटमा राख्नुपरेको छ। 
 

प्रकाशित: Jun 29, 2021| 11:38 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।