आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी २० जिल्ला जहाँ ५ सयभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन्

यी २० जिल्ला जहाँ ५ सयभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन्

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा एक, बागमतीमा नौ, गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा एक र सुदूरपश्चिममा एक छन्। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमितको संख्या पाँच सय भन्दा बढी रहेका जिल्ला २० वटा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार  विवरणअनुसार पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा एक, बागमतीमा ९, गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा एक र सुदूरपश्चिममा एक छन्। 

प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

गण्डकीका कास्की, र नवलपरासी पूर्व, लुम्बिनीका पाल्पा, रुपन्देही र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका कैलालीमा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै २७ जिल्लामा दुई सय भन्दा बढी संक्रमित छन्। 

प्रकाशित: Jun 29, 2021| 11:31 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।