आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुने ९ हजार ७१ जनामध्ये कुन उमेर समूहका कति?

कोरोनाबाट मृत्यु हुने ९ हजार ७१ जनामध्ये कुन उमेर समूहका कति?

नेपालमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षमाथि उमेरका ४ हजार ८५४ जनाकाे मृत्यु भएकाे छ। 

त्यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ७८१ जनाको मृत्यु भएको छ भने ४० देखि ४९ वर्ष उमेरका १ हजार ३२८ जनाको मृत्यु भएको तथ्यांक छ।  ३० देखि ३९ वर्षका ७५४, २० देखि २९ वर्षका २६९, १० देखि १९ वर्षका ४५ जना संक्रमितको मृत्यु भएको छ। ९ वर्षसम्मका ४० जना बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा पहिलोपटक २०७७ जेठ ३ गते २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। 

प्रकाशित: Jun 29, 2021| 11:27 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।