आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा माधव पक्षीय नेता पनि डाकिए

एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा माधव पक्षीय नेता पनि डाकिए

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकिएकाे छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकिएकाे छ। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटीको बैठकमा सबै नेताहरुलाई खबर गरिएको जानकारी दिए।  बैठक बुधबार बस्दै छ।

‘भोलि बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि सबैलाई खबर भएको छ,’ उनले भने, ‘आउने नआउने उहाँहरुको विषय भयो।’
बुधबार बस्ने आयोजक कमिटीको बैठकका एजेन्डाका बारेमा छलफल गर्न अहिले ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठक  बस्दैछ। 

तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन। अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका थिए।

असन्तुष्ट पक्षले २०७५ जेठ २ कै संरचनामा पुर्याएर त्यो बेलाका पार्टी कमिटीका बैठक बोलाए मात्रै सहभागी हुने बताउँदै आएको छ। त्यसैले भोलिको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने देखिएको छ। एमाले स्रोतका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकबाट नै जेठ २ को संरचनामा जाने निर्णय गर्ने र लगत्तै बिहीबार तत्कालीन संरचनाअनुसारकै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भइरहेको छ।

प्रकाशित: Jun 29, 2021| 10:30 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।