आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको थप एक करोड अनुदान 

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको थप एक करोड अनुदान 

काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माण भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप एक करोड अनुदान दिएको हो। ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो। सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो।

पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु. ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए। 

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए।   
 

प्रकाशित: Jun 29, 2021| 10:10 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।