सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'ज्यान र रिनबाहेक सबै बगायो मेलम्चीले'

गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै। 
 |  आइतबार, असार ६, २०७८
nespernesper

अंगद सिंह

अंगद सिंह

आइतबार, असार ६, २०७८

काठमाडौं– गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै। 

triton college

१० दिनजति मात्रै भएको उनले घर फिनिसिङ गरेको। चार तलाको घर ठड्याउँदा श्रेष्ठ परिवार दंग थियो। तर, १० दिनमै कत्रो दशा आइलाग्यो ! ८५ लाख ऋणमा बनाएको घर मेलम्चीको लेदोमा डुबिगयो। बैंक, साथीभाइ र आफन्तबाट ऋण लिएर घर बनाएका रञ्जितले तीन वटा तलामा होलट–रेस्टुरेन्ट खोलेका थिए र एक तला आफ्नो लागि राखेका थिए।

एक तला पूरै डुबेको घरका दुई तला हेर्दै बसेका छन् रञ्जित। ‘मर्नु न बाँच्नु भएको छ। भएभरको ऋण काढेर घरमै लगाएँ, घरै गयो। अब कसरी ऋण तिर्ने? कसरी घरपरिवार पाल्ने?’ उनले खुइया काढे। मुर्मुरिन्छन् बेलाबेला। टाउकोमा हात लगाउँछन्, बजार फन्को मार्छन् र फेरि पुग्छन् आफ्नै घर नजिक। कपडा निकाल्न सकिन्छ कि भनेर घरभित्र पस्न खोजे तर, खुट्टा लेदोमा भासिए। आफैँ डुब्ने खतरा भएपछि फर्किए।

घर बनाउन रञ्जितले सिन्धु विकास बैंकबाट ३५ लाख ऋण लिएका छन्। ५० लाख साथीभाइ र आफन्तको छ। महिनाको १ लाख १० हजार त किस्ता नै तिर्नुपर्छ। ‘त्यही घरबाट कमाएर रिन तिरौंला भन्ने थियो। अब कसरी तिर्नु? मुटु, कलेजो, किड्नी सबै अंग बेचे पनि पुग्दैन,’ श्रेष्ठ बिरिक्तन्छन्। सेतो टायल लगाएर टिलिक्क टल्काएका थिए घर। सबैचिर मार्बलै–मार्बल। कुर्सी सोफा, टेबललगायत सबै सामानको जोहो गरिसकेका थिए।

बाढी पसेको मेलम्ची (नयाँ बजार)

मंगलबार साँझ खाना खाएर पल्टिएका थिए रञ्जित। मेलम्चीमा पानी बढेको हल्ला चलिरहेको थियो बजारमा। एकै छिनमा सबै घर छोडेर हिँड्न थाले। रञ्जितकी श्रीमती पनि दुई बच्चा बोकेर निस्किइन्। श्रीमतीले जति कर गरे पनि पति भने बाहिर निस्किन मानेनन् र डराइडराइ सुते। राति १२ बजेतिर बिउँझिँदा उनले मेलम्ची खोलाको गडगडाहट सुने र बाहिर चिहाए। तर पानी देखिएन।

Metro Mart
vianet

उनी टर्च बालेर हेर्न गए। ओहो! बाढी त आफैंलाई निल्छ जस्तो गरी उर्लिएको रहेछ। एकैछिनमा मेलम्चीको पानी उनको घरमा पनि पुग्यो। आँखैअघि उनको घर डुब्यो। घरबाट निस्किएर रञ्जित श्रीमती र छोराछोरी खोज्न माथि स्कुलतिर लागे। 

मेलम्चीको नयाँ बजारले नयाँ रुप लिँदै थियो। मंगलबार बिहानमात्रै प्रतिव्यक्ति ३० हजार रुपैयाँ उठाएर बाटो पिच गरेका थिए। घर फिनिसिङ भएपछि केही नयाँ  गर्न रञ्जितले रेस्टुरेन्टको नामसमेत फेरेका थिए। पहिले नेवारी किचेन थियो, पछि होटल नेवाः राखेका थिए। नयाँ साइन बोर्ड बनाउन दिएका थिए। ‘ऋण काढेरै भए पनि करोडपति थिएँ, अब रोडमा आएको छु। मभित्र के गुज्रिरहेको छ, मलाईमात्रै थाहा छ। मनको पीडा शब्दमा भन्न सक्दिनँ,’ रञ्जित भक्कानिन्छन्।

मेलम्चीकै होटल व्यावसायी चिरञ्जीवी खड्काले पनि तीन महिना अघिमात्रै १८ लाखमा होटल किनेका थिए। ऋण काढेको भए पनि कमाउँला र तिरौंला भन्ने आँट थियो। उनी पनि डुबेका छन् ऋणमा। उनलाई पनि ब्याज र किस्ताको पिरलो भएको छ। 

७० वर्षे ईश्वर गिरी उर्लिएको मेलम्ची देखेर अचम्मित थिए। यो उमेर हुँदासम्म कहिल्यै मेलम्चीको यो रुप नदेखेको सुनाए। ‘खै किन यसरी सबै सखापै पार्ने गरी बौलाएर आयो थाहा छैन। धेरैको बिल्लीबाठ भयो,’ उनले सुनाए।

(मेलम्चीबाट फर्केर)
 

प्रकाशित: Jun 20, 2021| 07:45 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।