सोमबार, भदौ ८, २०८३

थरकै कारण कोठा भाडामा नदिने घरबेटी पक्राउ

दलित थरकै कारण कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- दलित थरकै कारण कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। तनहुँकी रुपा सुनारले घरबेटीविरुद्ध गरेको उजुरीपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी प्रधान थरकी घरबेटीलाई पक्राउ गरेको हो। 

घरबेटीविरुद्धको उजुरीपछि शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। 

रुपाले थरकै कारण घरभाडामा नदिने घरबेटीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसूर र सजाय ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी छन्। 

रुपाका अनुसार प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्। दलित समुदायको भन्ने थाहा पाएपछि भाडा दिन इन्कार गरेको रुपाले दर्ता गराएको जाहेरीमा उल्लेख छ।

प्रकाशित: Jun 20, 2021| 06:51 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।