सोमबार, भदौ ८, २०८३

चितवनमा २० जना संक्रमितको मृत्यु

चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो । कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो ।

कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन १८ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोटलगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यहाँका अस्पतालमा ५ सय २१ जनाको उपचार भइरहेको छ जसमध्ये २ सय ६० जनाको सघन उपचार कक्षमा उपचाररत छन् ।

५९ जनाको एचएफएनसी, ९६ जनाको एचडियू र १ सय ६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यहाँका अस्पतालबाट ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

प्रकाशित: May 19, 2021| 13:09 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।