मंगलबार, पुस १, २०८२

बीपी प्रतिष्ठानको आन्दोलनका कार्यक्रम फिर्ता, सरकारसँग ६ बुँदे सहमति

बीपी प्रतिष्ठान सुधारका लागि गत असार १ गतेदेखि आन्दोलनरत पक्षले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम फिर्ता लिएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन २०, २०७८

विराटनगर– बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि गत असार १ गतेदेखि आन्दोलनरत पक्षले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम फिर्ता लिएको छ। 

National life

बुधबार बिहान सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन कार्यक्रम फिर्ता लिएको आन्दोलनरत पक्षका डा. पदम नेपालीले जानकारी दिए।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न आन्दोलनकारीले ७२ घन्टे अल्टिमेटम दिएका थिए। उनीहरूले आफ्ना माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने बताएका थिए। 

डाक्टर कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली र आन्दोलनकारीबीच मंगलबार रातिदेखि चलेको वार्ताले बुधबार बिहान निष्कर्ष पाएको थियो।

सरकारी वार्ता टोली र आन्दोलनकारीबीच प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाउने, २५ प्रतिशत सिनेट सदस्यले हस्ताक्षर गरेर सिनेट बोलाउन तत्काल पहल थाल्ने, प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरूलाई आधार मानेर मापदण्ड तय गर्ने, बुधबारदेखि ठप्प पार्ने घोषणा भएको नियमित काममा चिकित्सकहरू सहभागी हुने र घोषणा फिर्ता लिने लगायत सहमति भएको डा. नेपालीले बताए।

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले मंगलबार अध्ययन प्रतिवेदन बुझाउँदै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग ७ दिन भित्र प्राध्यापक पुष्टि हुने कागजात उपलब्ध गराउन सिफारिस गरेको छ। सरकारलाई बुझाइएको प्रतिवेदन तत्काल कार्यन्वयनमा ल्याउन माग गरिएको डा‍. नेपालीले बताए।




प्रकाशित: Aug 04, 2021| 11:21 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्