सोमबार, जेठ ७, २०८१

किन अझै दोधारमा फस्दै छन् माधव नेपाल?

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमविरुद्ध अदालतमा विपक्षीलाई साथ दिँदै आएका नेपाल यति बेला अन्योलमा परेका छन्। उनीमाथि एकातिर गठबन्धनसँग अघि बढाएको सहकार्य जारी राख्नुपर्ने जिम्मेवारी छ भने अर्कातर्फ आफ्नो समूहभित्र पार्टी एकतालाई जोगाउनुपर्ने दबाब छ। 
 |  बुधबार, असार २, २०७८

बीपी अनमोल

बीपी अनमोल

बुधबार, असार २, २०७८

काठमाडौं– नेपाली कांग्रेस लगायतका दलले विपक्षी गठबन्धन कायमै राख्न दबाब दिएपछि सत्तासीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अन्योलमा परेका छन्। एमाले विवाद समाधानका लागि संस्थापन पक्षले केही लचकता देखाउन खोजेकै बेला नेपालमाथि गठबन्धन कायमै राख्न नेताहरुले जोडबल गरिरहेका छन्।

triton college

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमविरुद्ध अदालतमा विपक्षीलाई साथ दिँदै आएका नेपाल यति बेला अन्योलमा परेका छन्। उनीमाथि एकातिर गठबन्धनसँग अघि बढाएको सहकार्य जारी राख्नुपर्ने जिम्मेवारी छ भने अर्कातर्फ आफ्नो समूहभित्र पार्टी एकतालाई जोगाउनुपर्ने दबाब छ। 

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार नेता नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरी गठबन्धनबाट यताउता नगर्न दबाब दिएका छन्। दिउँसो करिब एक घण्टा भएको भेटमा गठबन्धनलाई कसरी बलियो बनाइराख्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेपाल निकट एक नेताले जानकारी दिए। भट्टराईले नेपाललाई गठबन्धन कायमै राख्न आग्रह गरेको ती नेताले बताए।

‘तपाईंले अहिलेको स्थितिमा गठबन्धनको साथ छोड्न हुँदैन,’ नेपालसँग बाबुरामले गरेको आग्रह उधृत गर्दै एक नेताले भने, ‘संविधान र लोकतन्त्र बचाउन गरिएको प्रयासमा तपाईंको साथ आवश्यक छ।’

‘तपाईंले अहिलेको स्थितिमा गठबन्धनको साथ छोड्न हुँदैन,’ नेपालसँग बाबुरामले गरेको आग्रह उधृत गर्दै एक नेताले भने, ‘संविधान र लोकतन्त्र बचाउन गरिएको प्रयासमा तपाईंको साथ आवश्यक छ।’

corrent noodles
Metro Mart

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम पक्ष, एमालेको असन्तुष्ट माधव–झलनाथ पक्ष र राष्ट्रिय जनमोर्चा संलग्न छन्। गठबन्धनका नेताहरुबीच कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा छलफल हुँदै आए पनि पछिल्ला दिनमा  नेताहरुको जमघट कोटेश्वरस्थि नेपाल निवासमा हुने गरेको छ।

जेठ ३१ गते सभापति देउवा नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सोही भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी बने। बुधबार भट्टराई पुगेका हुन्। 

एमाले विवाद समाधानका लागि अध्यक्ष ओलीले जेठ २३ गते ६ बुँदे प्रस्ताव अघि सारे पनि त्यसमा नेपाल समूह सहमत देखिएको छैन। प्रस्तावको चौथो बुँदामा ओलीले आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ भनेका छन्। ओलीले पार्टी एकता जोगाउन जेठ २ मै फर्किन आफू तयार रहेको लगायतका प्रस्ताव राखेपछि नेता नेपालप्रति गठबन्धन सशंकित बनेको छ।

‘हामीले संविधान, लोकतन्त्र र व्यवस्था जोगाउन गठबन्धन गरेर अघि बढेका हौं। तपाईं यसबाट पछि हट्न मिल्दैन,’ केही दिनअघि नेता नेपालकै निवासमा देउवा र प्रचण्डले गरेको आग्रह उधृत गर्दै गठबन्धनका एक नेता भन्छन्, ‘अहिलेका लागि मात्रै होइन, आगामी चुनावसम्म नै लिएर जाने विषयमा पनि हामीले छलफल गर्नुपर्छ।’

नेता नेपाल समूहका एक नेता पनि गठबन्धनको सहमति विपरीत नेपालले ओलीलाई साथ दिने हो कि भन्ने चिन्ता नेताहरुमा रहेको बताउँछन्। पार्टी एकताका पक्षमा लागेका ती नेता भन्छन्, ‘‘एमालेको विवाद मिलेर नेपाल समूह गठबन्धनबाट ब्याक हुने हो कि भन्ने चिन्ता भएर नै उहाँहरुले निरन्तर नेता नेपाललाई दबाब दिइरहनुभएको छ।’ उनले पनि आफूहरुको चाहना पार्टी जोगाउनु नै रहेको बताए। ‘कसैको गठबन्धन जोगाउने होइन। पार्टी एकताबद्ध भएर जान्छ भने नेता नेपाल पनि तयार हुनुपर्छ’, ती नेताको भनाइ छ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेपाल समूह आफ्नो निर्णयबाट पछि हटेमा त्यसले अदालतमा विचाराधीन मुद्दा कमजोर हुन सक्ने भन्दै विपक्षी नेताहरुको दबाब बढेको ती नेताको बुझाइ छ। एमालेको संस्थापन पक्ष भने असन्तुष्ट समूहभित्र पार्टी एकता चाहने नेताहरुलाई साथमा लिएर भए पनि विभाजन हुन नदिने रणनीति बनाउन केन्द्रित छ। 

अहिले संस्थापन पक्षले माधव नेपाल समूह समेतको सहभागितामा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीकै बैठक राख्ने तयारीसमेत गरेको छ। एमालेभित्र दोस्रो वरीयतामा रहेका नेता झलनाथ खनालले पनि उपचारका लागि दिल्ली जानुअघि पार्टी फुट्न नदिनकै लागि नेताकार्यकर्तालाई आह्वान गरेका छन्।

उनले अध्यक्ष ओलीसँग पनि टेलिफोन कुराकानी गरेर यस्तो आग्रह गरेका छन् भने महासचिव ईश्वर पोखरेलसँगको भेटमा पनि पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन्। विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलका प्रमुखक सचेतकसमेत रहेका नेता विशाल भट्टराई विपक्षी दलका नेताहरु माधव नेपाललाई फकाउन  निरन्तर लागिपरेको बताउँछन्। 

‘अर्काको पार्टीमा खेल्ने प्रयास पनि अलोकतान्त्रिक हो। अर्कोको पार्टीका मानिसहरुसँग पछि लागेर खेलकुद गर्ने काम पनि गलत हो,’ उनी भन्छन्, ‘माधव कमरेडले पनि बालुवाटार आउन तयार नहुने तर, बूढानीलकण्ठ र खुमलटार जाने प्रवृत्ति त्याग्नुपर्छ। केपी ओलीले पनि उदारतापूर्वक उहाँहरुलाई बोलाउनुपर्छ।’

‘अर्काको पार्टीमा खेल्ने प्रयास पनि अलोकतान्त्रिक हो। अर्कोको पार्टीका मानिसहरुसँग पछि लागेर खेलकुद गर्ने काम पनि गलत हो,’ उनी भन्छन्, ‘माधव कमरेडले पनि बालुवाटार आउन तयार नहुने तर, बूढानीलकण्ठ र खुमलटार जाने प्रवृत्ति त्याग्नुपर्छ। केपी ओलीले पनि उदारतापूर्वक उहाँहरुलाई बोलाउनुपर्छ।’

सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकतापूर्वकै अवस्थामा फर्काउने आदेश गरेपछि नेपाल समूह असन्तुष्ट रहँदै आएको थियो। त्यसयताका परिदृश्य पार्टीभित्रै समानान्तर कमिटी विस्तारदेखि लिएर एकपछि अर्को राजनीतिक कदम अप्रत्यासित रुपमा अघि बढेका छन्।

वैशाख २७ मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माधव झलनाथ समूह विश्वासको मत लिने बैठकमा नै अनुपस्थित भयो। ओलीले विश्वासको मत गुमाएपछि अर्को सरकार गठनका लागि गरिएको आह्वानमा सरकार निर्माण हुन सकेन।

ओली पुनः संसदमा सबै भन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री बने। तर, उनले ३० दिनभित्र विश्वासको मत नलिइकनै र राजीनामा समेत नदिएर संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि जेठ ७ गते बेलुका ५ बजेसम्मको समय दिइन्। त्यसपछि ओली र देउवा दुवैको दाबीलाई राष्ट्रपतिले मान्यता दिइनन्। सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधिसभा विघटनको घोषणा गरिन्।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग दाबीसहितको हस्ताक्षरमा एमालेको माधव नेपाल समूहका २६ जना सांसदको हस्ताक्षर थियो। तर, संसद विघटन पछि २३ जना सांसदको मात्रै हस्ताक्षर रह्यो। त्यस यता गठबन्धनका नेताहरुले नेता नेपालमाथि दबाब बढाइरहेका छन्। एमाले संस्थापन पक्षले पार्टी एकताको पहल  जारी राखेको छ।

प्रकाशित: Jun 16, 2021| 17:55 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।