बिहीबार, पुस १०, २०८२

रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

 |  शनिबार, वैशाख ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन्। इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ।

National life

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन्।

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन्।

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै सैन्य अभियान रोक्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरसम्म युद्धविरामको घोषणा गरेपछि जेलेन्स्कीले यो पोस्ट गरेका हुन्।

Laxmi sunrise bank
kumari

आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन् - युक्रेनको आकाशमा देखिएका रूसी ड्रोनहरूले इस्टर र मानव जीवनप्रति पुटिनको वास्तविक दृष्टिकोण देखाउँछन्। मैले भर्खरै कमाण्डर-इन-चीफ ओलेक्जेन्डर सिर्स्कीबाट एउटा रिपोर्ट प्राप्त गरेको छु। आज हाम्रा सेनाहरूले कुर्स्क क्षेत्रमा आफ्नो गतिविधि जारी राखे र आफ्नो स्थिति कायम राखे। बेल्गोरोड क्षेत्रमा हाम्रा सेनाहरूले हाम्रो नियन्त्रण क्षेत्रलाई अगाडि बढाएका छन् र विस्तार गरेका छन्।

प्रकाशित: Apr 19, 2025| 22:01 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्