मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राउटे मुखिया भन्छन्- जनताले दुःख पाउन थाले, प्रहरी राखिदेऊ

राउटे मुखिया भन्छन्- जनताले दुःख पाउन थाले, प्रहरी राखिदेऊ

राउटे समुदायले सुरक्षा व्यवस्थाको माग गरेका छन्। समुदायका अन्य समुदायका नागरिक आएर दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका हुन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

सुर्खेत- राउटे समुदायले सुरक्षा व्यवस्थाको माग गरेका छन्। समुदायका अन्य समुदायका नागरिक आएर दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका हुन्। 

आइतबार सामाजिक विकास केन्द्र (सोकेक)का प्रतिनिधिसँग प्रहरी खटाइदिन माग गरेका हुन्। ‘बाहिरका मान्छे आएर हाम्रा जनतालाई दुःख दिन थाले,’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाई उदृत गर्दै सोसेकका संस्थापक हिरासिंह थापाले भने, ‘अन्य समुदायका नागरिक आउन नदिन प्रहरी राखिदिनु दिनुपर्‍यो।’

बाहिरका मानिस बस्तीमा आउँदा जनता असुरक्षित भएको मुखियाले गुनासो गरेका थिए। ‘अरु मान्छे आउँदा जनता बिग्रिए, प्रहरी राखेर आउन नदिने व्यवस्था गरिदेऊ भन्नु भएको छ,’ आज (आइतबार) मात्रै राउटे बस्तीमै रहेका थापाले भने, ‘उहाँहरूको माग भोलि (सोमबार) प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउँछौँ।’

भाइरल हुने उद्देश्यले युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीड लाग्ने गरेको छ। यही कारण राउटे समुदायले प्रहरीले राखेर सुरक्षा व्यवस्था गरिदिन माग गरेका हुन्। प्रहरी राखेर अनुमति बिना कसैलाई अन्य नागरिकलाई बस्तीमा आउन नदिने वातावरण मिलाई दिन आग्रह गरेका छन्।

२१ गते राउटे युवतीमाथि यौन दुर्व्यवहारको घटना बाहिरिएपछि थापासहित सोसेकको टोली राउटे बस्तीमा पुगेको हो। पीडित युवतीको अवस्थाबारे जानकारी लिन उनीहरु बस्तीमै पुगेका हुन्।

प्रकाशित: Jun 06, 2021| 15:06 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।