काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छन्।
कानुन दिवस २०७८ का अवसरमा कानुन तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै उनले न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी हुन्।