आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषमा दर्ता नभएपनि क्षतिपूर्ति दिनैपर्ने

सामाजिक सुरक्षा कोषमा दर्ता नभएपनि क्षतिपूर्ति दिनैपर्ने

सामाजिक सुरक्षा कोषमा आबद्ध नभएपनि कर्मचारीको मृत्यु भएपछि उनीहरूलाई क्षतिपूर्ति दिन कोषले दुई बैंकहरूलाई निर्देशन दिएको छ। कोषले ग्लोबल आइएमई बैंक र सनराइज बैंकलाई पत्र काट्दै कोषमा आबद्ध नभएका कर्मचारीका मृत्यु भए उनीहरूको आश्रित परिवारलाई क्षतिपूर्ति दिन निर्देशन दिएको हो।
 |  बुधबार, जेठ १२, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, जेठ १२, २०७८

vianetvianet

काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्ध नभएपनि कर्मचारीको मृत्यु भएपछि उनीहरूलाई क्षतिपूर्ति दिन कोषले दुई बैंकहरूलाई निर्देशन दिएको छ। कोषले ग्लोबल आइएमई बैंक र सनराइज बैंकलाई पत्र काट्दै कोषमा आबद्ध नभएका कर्मचारीका मृत्यु भए उनीहरूको आश्रित परिवारलाई क्षतिपूर्ति दिन निर्देशन दिएको हो। 

triton college

कोषले ती दुई बैंकलाई करिब २ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्देशन दिएको छ। कोषको निर्देशनअनुसार ग्लोबलका अनन्त कुमार आचार्य र सनराइजका सनाज खतिवडाको आश्रित परिवारलाई १ करोड ९४ लाख ५३ हजार ७०० रुपैयाँ क्षतिपूर्ति रकम प्रदान गर्न निर्देशन दिँदै पत्र काटेको हो।

अनि दियो बैंकहरूलाई कोषले निर्देशन
ग्लोबल आइएमई बैंकका कर्मचारी २६ वर्षीय कर्मचारी अनन्त कुमार आचार्यको मृत्यु भएको थियो। निधनपछि अनन्तकी श्रीमती भावना पाठकले सामाजिक सुरक्षा कोषको आश्रित परिवार सुविधा योजनाबापतको रकम दाबी गर्दै कोषमा निवेदन दिइन्। 

आचार्यको आधारभूत तलव ३७ हजार रूपैयाँ थियो। निवेदन अनुसार कोषले भुक्तानी प्रक्रियाका लागि फाइल अगाडि बढायो तर ग्लोबल आइएमई बैंक कोषमा दर्ता भएपनि उसले कर्मचारीहरूलाई कोषमा सूचीकरण नगरेको पाइयो। 

त्यस्तै सनराइज बैंकका कर्मचारी सनाज खतिवडाको गत साउन २१ गते मृत्यु भयो। उनकी आमा गीता घिमिरे र बुबा ध्रुवकुमार खतिवडाले आश्रित परिवार सुविधा माग गर्दै कोषमा निवेदन दिए। उनको आधारभूत तलव ४२ हजार रुपैयाँ थियो। नियमानुसार सुविधा भुक्तानीका लागि फाइल अगाडि बढाउँदा बैंक कोषमा दर्ता नै नभएको पाइयो। 

National life insurance

दुवै बैंकले कर्मचारी कोषमा आबद्ध नभएको पाइएपछि आचार्यको परिवारलाई १ करोड ५१ लाख १९ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति दिन ग्लोबल आइएमई बैंकलाई कोषले निर्देशन दिएकोछ। यस्तै खतिवडाको परिवारलाई ४३ लाख ३४ हजार २ सय रुपैयाँ क्षतिपूर्ति दिन सनराइज बैंकलाई कोषले निर्देशनात्मक पत्र पठाएको हो। 

क्षतिपूर्ति नदिए बैंकको सम्पत्ति रोक्का गर्छौँ : कोष
कोषका प्रवक्ता विवेक पन्थीका अनुसार दुवै बैंकलाई सामाजिक सुरक्षा ऐनको दफा १७ बमोजिम क्षतिपूर्ति दिनका लागि आदेशात्मक पत्र पठाइएको हो। ऐनअनुसार तोकिएको अवधिभित्र कोषमा सूचीकरण नभएमा वा रोजगारदाताले नियुक्त गरेको श्रमिकलाई कोषमा सूचीकरण नगरेमा कोषले उपलब्ध गराउँदै आएको सुविधावापतको रकम स्वयं रोजगारदाताले नै भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार कोषले ती बैंकलाई कोषले पत्र पठाएको प्रवक्ता पन्थीले जानकारी दिए। 

कोषले सनराइजका मृतक कर्मचारी खतिवडाका आश्रित परिवारलाई अन्तिम संस्कार खर्च २५ हजारसहित आधारभूत तलवको ६० प्रतिशतले हुन आउने ४३ लाख ३४ हजार रकम भुक्तानी गर्न बैंकलाई निर्देशन दिइएको हो। यस्तै ग्लोबल आइएमई बैंकका मृतक कर्मचारी आचार्यको परिवारलाई किरिया खर्च २५ हजार छोराछोरीले पाउने सुविधा ३२ लाख २९ हजार र आचार्यको तलवको ६० प्रतिशतले हुन आउनेलगायतका सुविधासहित १ करोड ५१ लाख रुपैयाँ भुक्तानीको लागि ग्लोबल आइएमईलाई निर्देशन दिएको हो। 

प्रवक्ता पन्थीका अनुसार बैंकहरूले कोषले तोकिए बमाजिमको आश्रित परिवारलाई नदिएमा सामाजिक सुरक्षा कोष नियमावली २०७५ अनुसार सरकारी बक्यौता सरह मानी असुल उपर गरिने छ। 'यदि ती बैंकले क्षतिपूर्ति बापतको रकम नदिएमा उनीहरूको चलअचल सम्पत्ति रोक्का राखी बेचेर आएको रकमबाट क्षतिपूर्ति दिलाइने छ,' प्रवक्ता पन्थीले भने। 

हालसम्म कोषमा ७ वटा वाणिज्य बैंकहरु दर्ता भएपनि कर्मचारीको योगदान बापतको रकम भने जम्मा गरेका छैनन्। प्रवक्ता पन्थीका अनुसार यसरी कोषमा दर्ता भएका तर रकम नदिएका तथा कोषमा नै दर्ता नभएका विभिन्न कम्पनीहरुका कर्मचारीहरुको मृत्यु भएमा सम्बन्धित कम्पनीले नै व्यहोर्ने गरी कोषले कारबाही अगाडि बढाउने छ। 

हालसम्म कोषमा यस्ता प्रकृतिका २४ वटा निवेदन परिसकेका छन्। ती सबै कम्पनीलाई सम्बन्धित व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन पत्र पठाइसकेको र तीन महिनाको अवधिभित्र नतिरेमा कानुनी कारबाही गरिने पनि प्रवक्ता पन्थीले जानकारी दिए। 

कोषका सञ्चालक समिति सदस्यमा ग्लोबल आइएमई बैंककै अध्यक्ष चन्द्र ढकाल आफैँ छन्।

प्रकाशित: May 26, 2021| 11:20 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्