बिहीबार, असार ४, २०८३

बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

बागमती- बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीको शपथ स्थगित भएको छ।

National life

बुधबार मुख्यमन्त्री बहादुर सिं लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।

उनीहरुको शपथ बिहीबार दिउँसो १ बजे हुने तय थियो।

तर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भइ उपचारका लागि काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको हो।

प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथको  कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ। 

Shivam cement

प्रकाशित: Jul 31, 2025| 09:59 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्