मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टीकापुरका टेकेन्द्र धामीले गर्छन् केराखेतीबाट १५ लाख आम्दानी

टीकापुरका टेकेन्द्र धामीले गर्छन् केराखेतीबाट १५ लाख आम्दानी

 |  शुक्रबार, साउन १६, २०८२

दुर्गा देवकोटा

दुर्गा देवकोटा

शुक्रबार, साउन १६, २०८२

कैलाली- टीकापुर-४ का किसान टेकेन्द्र धामीले केराखेतीबाट एक बिघामा १५ लाखसम्म आम्दानी गर्न सफल भएका छन्। उनले तीन बिघा सात कठ्ठामा गरिएको खेतीबाट गत वर्ष ४७ लाख रुपैयाँको केरा बिक्री गरेका थिए। हाल उनले १९ बिघामा केरा, तीन बिघामा उखु र अन्य जमिनमा धान तथा टिस्यु कल्चरको बेर्ना उत्पादन गरिरहेका छन्।

National life

धामी १४ वर्षदेखि केराखेती गर्दै आएका छन् र उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन्। रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ, उपकरण र बेर्ना वितरणमा सहयोग गरेको छ। स्वदेशमै भविष्य खोजिरहेका धामीका अनुसार मल र बजार अभाव कहिलेकाहीं समस्या हुने गर्छ।

केरासँगै उनले तोरी र सुर्खानीजस्ता बहुबाली खेती पनि गरिरहेका छन्। नियमित १२ कामदार राखेका धामीले सिजनमा थप मजदुर पनि राख्ने गर्छन्। बाली बिमामा कठिनाइ भएकाले हाल ५० लाखको मात्रै बिमा गर्न पाएको उनले गुनासो गरे।

बिचौलियाको कारण किसानले उचित मूल्य नपाएको र उपभोक्ता महँगोमा किन्नुपर्ने अवस्था रहेको छ। उत्पादन स्थलमा ४०–४५ रुपैयाँ पर्ने केरा बजारमा ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। यस वर्ष भने ल्यावमा बेर्ना उत्पादन नहुँदा किसानले समयमै बेर्ना पाएनन्।

आयोजनाले बेर्ना, सिँचाइ प्रविधि र पोषक तत्वमा अनुदान दिँदै केराखेतीमा ६८७ किसानलाई सहयोग गरेको छ। दोस्रो चरणमा २५० हेक्टर जमिनमा, त्यसमा पनि १०० हेक्टरमा थोपा सिँचाइ जडान गरिएको छ। आयोजनाले युवालाई कृषिमा जोड्न र बजार विस्तारमा सहजीकरण गर्दै आएको छ।   -रासस

kumari

प्रकाशित: Aug 01, 2025| 09:01 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्