मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्छ : भौतिकमन्त्री दाहाल

थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्छ : भौतिकमन्त्री दाहाल

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन्। बिहिबार सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगीसमेत बन्न सक्ने बताएका हुन्।

National life

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नसमेत निर्देशन दिए। साथै विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नु पर्ने मन्त्री दाहाको भनाक्इ छ।

उक्त सडकआर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने उनले बताए। यस्तै सोहि क्षेत्रका प्रतिनिधी सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौं बासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि सडक महत्वपूर्ण रहेको धारणा राखे।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने तथा आर्थिक विकासका लागिसमेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा उनले जोड दिए।

Laxmi sunrise bank
kumari

सडक विभागका महानिर्देशक डा. विजय जैसीले कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताएका छन्। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढि सकेको छ।

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवजार खतिवडा, वुद्धिजिवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी थिए। सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लगाउने गरी काम भइरहेको छ। यो सडक ८.५ किमि काठमाडौं र बाकी मकवानपुर जिल्लामा पर्छ।

प्रकाशित: Jul 31, 2025| 13:10 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्