आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लगानीकर्ता भन्छन्- राष्ट्र बैंककाे कडाइले अब सेयर बजार ओरालाे लाग्छ

लगानीकर्ता भन्छन्- राष्ट्र बैंककाे कडाइले अब सेयर बजार ओरालाे लाग्छ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेपछि बजार घट्ने संकेत देखिएको छ। 
 |  बुधबार, जेठ १२, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, जेठ १२, २०७८

vianetvianet

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेपछि बजार घट्ने  देखिएको छ। 

triton college

राष्ट्र बैकले मंगलबार  बैंक तथा वित्तीय संस्थाहरूले लघुवित्त संस्थाको सेयरमा लगानी गर्न नपाउने, एक वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने, सेयर बेच्दा वर्षमा प्राथमिक पुँजीको एक प्रतिशतभन्दा बढी बेच्न नपाउने र मार्जिन कर्जामा १८० दिनको कारोबारको औसत दिनुपर्ने जस्ता कडा व्यवस्था गरेको छ। 

'यो व्यवस्थासँगै तीव्र गतिमा उकालो लागेको बजारको गति ओरालो लाग्न सुरु हुनेछ। राष्ट्र बैंकले गरेको व्यवस्थाले केही दिन बजार ओरालो लाग्ने नै छ,' नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, 'तर, यो धेरै दिन हुँदैन, बजारले फेरि उकालो गति समात्छ।'

'यो व्यवस्थासँगै तीव्र गतिमा उकालो लागेको बजारको गति ओरालो लाग्न सुरु हुनेछ। राष्ट्र बैंकले गरेको व्यवस्थाले केही दिन बजार ओरालो लाग्ने नै छ,' नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, 'तर, यो धेरै दिन हुँदैन, बजारले फेरि उकालो गति समात्छ।'

उनले पछिल्लो समयमा ३२ लाखभन्दा बढी लगानीकर्ता सेयर बजारमा आएका र ६ लाखभन्दा बढीले अनलाइन कारोबार गर्न थालेकाले बजारमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका कारण कारोबार उकालो लागेको भन्ने कुरामा सहमत हुन नसकिने बताए।

National life insurance

'तत्कालका लागि राष्ट्र बैंकले कडाइ गरेका कारण अन्य लगानीकर्तामा पनि मनोवैज्ञानिक असर पर्नेछ। उनीहरू उत्साहित हुँदैनन्। अर्कोतर्फ जसरी बैंकहरूले लगानी बढाएका थिए त्यसैगरी लगानीकर्ताहरूले तत्कालका लागि लगानी बढाउन सक्दैनन्। र, बजार ओरालो लाग्छ', रौनियारले भने।

छोटेलाल रौनियार, अध्यक्ष नेपाल इन्भेस्टर्स फोरम

पछिल्लो समयमा विदेशमा रहेका ६० लाख नेपालीका परिवारले सेयर कारोबार गर्न थालेका छन्। उनीहरूसँग १० खर्ब बराबरको लगानी गर्ने क्षमता छ। अनलाइन कारोबार गर्न मिल्ने भएकोले कतिपय विदेशमा रहेका नेपालीले प्रत्यक्ष रुपमा पनि सेयर कारोबारमा लगानी गरिरहेका छन्। जसले बजारलाई माथि लान सहयोग गरेको थियो। 

नेपाल धितोपत्र बोर्ड भने पछिल्लो समयमा भएको बजारको कारोबारको प्रकृति देखेर लगानीकर्ताको रकम डुब्ने हो कि भन्नेमा सतर्क भएको थियो। बोर्डकाे एक अध्ययनअनुसार बजारमा कालोधन भित्रिएको, बैंक तथा वित्तीय संस्थाले नाफा कमाउने प्रेसमा आएर अल्पकालीन लगानी बजारमा बढाउँदा बजार उकालो लाग्नुका साथै कारोबार रकम पनि औसत ११ अर्ब रुपैयाँ हाराहारीमा हुन थालेको भन्ने थियो। 

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगाना अहिले बोर्डका अध्यक्ष छन्। उनले केही दिनघि गभर्नर महाप्रसाद अधिकारीसँग बजार उकालो लागिरहेमा सर्वसाधारण लगानीकर्ता डुब्ने भन्दै बैंक तथा वित्तीय संथ्थालाई कडाइ गर्न आग्रह गरेका थिए। 

त्यस्तै राष्ट्र बैंकलाई यो नीतिका लागि सघाउनेमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि डा. गुणाकर भट्ट पनि हुन्। भट्ट र ढुंगानाकै सुझावका आधारमा राष्ट्र बैंकले यस्तो कदम उठाएको हो। 

'हाल नेपालको बजार १३ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गर्नसक्ने गरी विस्तार भएको छैन', बोर्डका प्रबक्ता निरज गिरीले नेपालसमयसँग भने। उनका अनुसार बजारमा कतै न कतै शंका गर्ने ठाउँ रहेकाले बोर्डले अध्ययन गरिरहेको छ। 

'हाल नेपालको बजार १३ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गर्नसक्ने गरी विस्तार भएको छैन', बोर्डका प्रवक्ता निरज गिरीले नेपाल समयसँग भने। उनका अनुसार बजारमा कतै न कतै शंका गर्ने ठाउँ रहेकाले बोर्डले अध्ययन गरिरहेको छ। 

गिरीले नेपाल राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाले लगानीकर्ताको पहिचानका लागि पनि ठूलो मद्दत पुग्ने बताए। उनले भने, 'राष्ट्र बैंक पनि नियामक निकाय हो, बजारमा उसको दबदबा छ, यसका कारण उनले बजारलाई असर पर्ने गरी निर्णय गर्दा अध्ययन नगरी गर्दैन। अर्कोतफ केन्द्रीय बैंकले गरेको यो व्यवस्थाले लगानीकर्ता अल्पकालीन हुन् कि दीर्घकालीन वा हल्लाको भरमा लगानी गर्ने हुन् कि ज्ञानका आधारमा लगानी गर्ने हुन् भन्ने कुरा राम्रोसँग छुट्याउन मद्दत गर्दछ।'

बजारमा चलखेल गरेर नाफा कमाइ हाल्ने उद्देश्य लिएकालाई यस्तो व्यवस्थाले पलायन हुन बाध्य बनाउँछ। तर, सही लगानीकर्ता हो भने बजारमा टिकिराख्छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा चालेको कदमले बजार करेक्सन हुने बोर्डको अनुमान छ। 

गत आइतबार सेयर बजारमा १३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। बजार बढे पनि राम्रो प्रतिफल दिने कम्पनीहरूको सेयर मूल्य बढ्न सकेको थिएन। त्यस्तै लघुवित्त, हाइड्रो पावर जस्ता कम्पनीहरूको मात्र सेयर मूल्य बढेको थियो। 

लघुवित्तमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नपाउने भएपछि बजारमा लघुवित्तमा हुने स्पेकुलेसन बन्द हुनेछ। जसका कारण लघुवित्तका बास्तविक लगानीकर्ता मात्र हुनेछन्। 

लघुवित्तमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नपाउने भएपछि बजारमा लघुवित्तमा हुने स्पेकुलेसन बन्द हुनेछ। जसका कारण लघुवित्तका बास्तविक लगानीकर्ता मात्र हुनेछन्। 

विभिन्न लघुवित्त कम्पनीको मुख्य लगानीकर्ता बैंक तथा वित्तीय संस्था पनि हुन्। आफ्नै कम्पनीको सेयर आफैंले किनबेच गरेर मूल्यवृद्धिमा बैंक तथा वित्तीय संस्थाहरू अब्बल देखिएका थिए। जस कारण लघुवित्तको मूल्यले आकाश छुने गरेको थियो। त्यस्तै घाटामा गएका संस्थाहरूको पनि 'कर्नरिङ' गरेर सेयर मूल्य उच्च बनाउने गरेका थिए। 

कोरोनाका कारण होटल क्षेत्र घाटामा गए पनि ती कम्पनीको पनि मूल्यमा वृद्धि भएको छ। होटल सोल्टी, तारागाउँ रिजेन्सी र ओरेन्टल होटेलको मूल्य बढेको छ। त्यस्तै नेपाल साल्ट ट्रेडिङ कम्पनी, विशाल बजार कम्पनीलगायतका कम्पनीको मूल्यमा पनि वृद्धि आएको छ। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ती कम्पनी नोक्सानमा गएका थिए। 

'यहीबाट स्पष्ट हुन्छ बजारमा कसरी कर्नरिङ गरेर चलखेल हुने गरेको छ भन्ने कुरा', एक लगानीकर्ताले भने। राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि अब बजारमा केही सुधार हुने अपेक्षा छ।

प्रकाशित: May 26, 2021| 06:21 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्