मंगलबार, मंसिर १६, २०८२

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

बुटवल - नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।

National life

तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए। 

पाण्डे तौलिहवाका बासिन्दा हुन्।  घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए। गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन।

प्रकाशित: May 20, 2021| 03:28 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।