मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षका केन्द्रीय सदस्यको निष्कर्ष– केपी ओली सुध्रिने संकेत देखिएन

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल पक्षका केन्द्रीय सदस्यको निष्कर्ष– केपी ओली सुध्रिने संकेत देखिएन

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि नेकपा एमालेलाई नवौं महाधिवेशनबाट बनेको संरचनामा नलगेर एकलौटी गरेको भन्दै माधव–झलनाथ पक्षले समानान्तर कमिटी सञ्चालन गरेको छ। एमाले विभाजन हुने अवस्थामा पुगेकै बेला एकाएक बिहीबार ओली र माधव नेपालबीच भएको चार घन्टा लामो वार्ताले परिस्थिति नयाँ दिशातर्फ मोडिएको हो। 
 |  शनिबार, जेठ १, २०७८
nespernesper

बीपी अनमोल

बीपी अनमोल

शनिबार, जेठ १, २०७८

काठमाडौं– नेकपा (एमाले)को माधव–झलनाथ पक्षले शुक्रबार सिंहदरबारमा भएको द्विपक्षीय वार्तामा रामबहादुर थापालाई सहभागी गराएको विषयमा आपत्ति जनाउँदै अध्यक्ष केपी ओलीप्रति संका व्यक्त गरेको छ।

triton college

आज शनिबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय सदस्यहरुको छलफलमा नेताहरुले अध्यक्ष ओलीको कार्यशैली शंकास्पद भएको निष्कर्ष निकालेका हुन्। उनीहरुले बैठकमा थापाको सहभागिताको विषयलाई दिएर कडा आपत्ति जनाएका छन्। 

केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रिया दिँदै हिजो नै आफूहरुले एमालेको मात्रै अहिले छलफल भएकाले बादलजीलाई किन सहभागी गराउनुभएको भन्दै आपत्ति जनाएको प्रष्टीकरण दिएका थिए।

‘अदालतको फैसलाअनुसार २०७५ जेठ २ मा फर्किनुपर्ने र फागुन २८ यताका सबै निर्णय खारेज हुनुपर्ने बटमलाइन भइरहेका बेला बैठकमा बादललाई पनि सहभागी गराइयो, ‘एक केन्द्रीय सदस्यले भने, ‘यो भनेको अध्यक्ष केपी ओलीले धोका दिन खोजेको देखिन्छ। यसमा गम्भीर हुनुपर्छ।’ बादललाई समेत राखेर कार्यदल गठन र विवाद समाधान गर्न खोजेपछि ओली सुध्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूको निष्कर्ष छ। केन्द्रीय सदस्यहरुले नेतृत्वलाई कमजोरी नगर्न पनि आजको छलफलमा सुझाव दिएका छन्। 

आजको छलफलमा पार्टीलाई २०७५ जेठ २ मा लैजाने र गत फागुन २८ गतेको निर्णय खारेजी हुनुपर्ने सबै नेताहरुको एकमत रहेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए।

Metro Mart
vianet

‘नेता नेपालले राखेको ६ बुँदे मागलाई बटमलाइन बनाएर कार्यदलमा छलफल गर्न नेताहरुको सुझाव छ,’ उनले भने, ‘हिजोको बैठकमा बादललाई सहभागी गराएको विषयमा पनि आपत्ति जनाएका छन्।’

नेता खतिवडाले अहिले एमालेको विवाद समाधान गर्न गठन हुने कार्यदलमा उनलाई राखिए एकता भाँडिनेसमेत बताए। ‘हामीले पार्टीलाई फुट्न नदिनका लागि नै राजीनामा गर्नेसम्मको निर्णयबाट पछि हटेर भए पनि लचक भएका हौं,’ उनले भने, ‘अब समय लम्बाएर फेरी पनि अध्यक्षले मनोमानी गर्न खोज्नुभयो भने हुँदैन। यो उहाँका लागि अन्तिम समय पनि हो।’ उनले पार्टी अध्यक्ष ओलीको इमान्दारिताको परीक्षण गर्ने बेला आएको भन्दै आफूहरु बटमलाइन भन्दा बाहिर गएर कुनै पनि हालतमा सहमति नगर्ने बताए। 

आजको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले कार्यदलका नाममा ढिलो नगर्न र जतिसक्दो छिटो निकास निकाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। एमाले विवाद मिलाउन दुवै पक्षका पाँच–पाँच जना रहने गरेर कार्यदल गठन गर्ने सहमति भएको छ।

तर, कार्यदलको अहिलेसम्म घोषणा भइसकेको छैन। ओली पक्षबाट कार्यदलमा सहभागी हुने सदस्यहरुको अझै टुंगो लागेको छैन। विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलको भने निश्चित भइसकेको छ। यता माधव–झलनाथ पक्षले भने नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने बताइसकेको छ। 

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले आज दुवै नेताहरुले कार्यदलको टुंगो लगाएर गठन हुने बताएका थिए। 

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि नेकपा एमालेलाई नवौं महाधिवेशनबाट बनेको संरचनामा नलगेर एकलौटी गरेको भन्दै माधव–झलनाथ पक्षले समानान्तर कमिटी सञ्चालन गरेको छ। एमाले विभाजन हुने अवस्थामा पुगेकै बेला एकाएक बिहीबार ओली र माधव नेपालबीच भएको चार घन्टा लामो वार्ताले परिस्थिति नयाँ दिशातर्फ मोडिएको हो। 

विवादकै बीच वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिनमा यो समूहले बैठक बहिष्कार नै गरेको थियो, जसका कारणले ओली सरकार ढल्न पुग्यो। त्यसपछि ओली र माधव नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियताले बिहीबार दुई नेताहरुबीच वार्ताको वातावरण बनेको थियो। सो वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्न सहमति भएको थियो।

प्रकाशित: May 15, 2021| 14:12 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।