शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु, पूर्वस्वास्थ्यमन्त्री रामजनम दम्पती अस्पताल भर्ना

संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु, पूर्वस्वास्थ्यमन्त्री रामजनम दम्पती अस्पताल भर्ना

धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

धनगढी– धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ। चौधरीको आज दिउँसो मृत्यु भएको उनका श्रीमान् मोतीलाल चौधरीले बताए। 

कलेजो र मिर्गौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। 

कैलालीको लम्कीचुहा नगरपालिका–६ बाघमारा निवासी ४४ वर्षीया रबनी २०७० सालको संविधानसभा सदस्य हुन् ।

यता, कोरोना संक्रमण भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी र उनकी पत्नीले सरकारी अस्पतालमा अक्सिजन  नपाएको गुनासो गरेका छन्।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिसँग अनुरोध गरे पनि अस्पतालमा अक्सिजन उपलब्ध हुन नसकेको बताए। 

‘धेरै ठाउँमा अक्सिजनको खोजी गरेँ तर पाइएन। खोजी गर्दै जाँदा एउटा निजी अस्पतालमा एक थान सिलिण्डर भेटियो र त्यही सिलिण्डर ल्याएर पत्नीलाई अक्सिजन दिइएको छ,’ उनले भने।

उनले आफ्नो अवस्थामा सुधार भइरहेको र श्रीमतीको अवस्था अझै सुधार हुन नसकेको बताए । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले अस्पतालमा ६३ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये तीन जना भेन्टिलेटरमा, १७ जना आईसियूमा र ३८ जना अक्सिजन सपोर्टमा छन्।

प्रकाशित: May 02, 2021| 10:39 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।