आइतबार, भदौ १४, २०८३

४ रुपैयाँको मास्क ८ रुपैयाँमा बेच्दा २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा दोब्बर मूल्य लिएर बिक्री गर्ने व्यवसायीलाई जरिवाना गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा दोब्बर मूल्य लिएर बिक्री गर्ने व्यवसायीलाई जरिवाना गरेको छ। विभागले आइतबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको ‘अल फाइन सर्जिकल सप्लायर्स’ लाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार उक्त सप्लायर्सले ४ रुपैयाँ ४६ पैसामा खरिद गरेको मास्क ८ रुपैयाँ ३८ पैसाका दरले बिक्री गरिरहेको थियो।

यसरी झण्डै दोब्बर मूल्यमा मास्क बिक्री गर्नु उपभोक्ता संरक्षण ऐन २०७५ विपरित रहेको विभागको ठहर छ। उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ को उपदाफा २ विपरित क्रियाकलाप गरेको पाइएकाले सोही ऐनको दफा ३९ अनुसार २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

प्रकाशित: May 02, 2021| 09:58 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।