शनिबार, भदौ १३, २०८३

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

नेपाल विद्यार्थी संघका संस्थापक एवम् नेपाली कांग्रेसका नेता शिबहादुर खड्काको ७८ वर्षको उमेरमा निधन भएको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– नेपाल विद्यार्थी संघका संस्थापक एवम् नेपाली कांग्रेसका नेता शिबहादुर खड्काको ७८ वर्षको उमेरमा निधन भएको छ। घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  उनी उच्च रक्तचापकाे समस्याबाट पीडित थिए।

खड्का भद्र अवज्ञा आन्दोलन र सत्याग्रहमा  सहभागी थिए। उनी संविधानसभा सदस्य पनि थिए। उनी ०२७ वैशाख ६ देखि ९ गतेसम्म चलेको प्रजातन्त्रवादी विद्यार्थीको राष्ट्रिय सम्मेलनमा सक्रिय सहभागी थिए। 

बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो। पञ्चायतले पार्टी प्रतिबन्ध लगाएका बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गरेका थिए।
सोही सम्मेलनले नेपाल विद्यार्थी संघ गठन गरेको थियो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको निधनमा दुःख व्यक्त गरेका छन्। पौडेलले फेसबुकमा लेखेका छन्, ‘मेरा बालसखा अन्त्यन्तै हक्की स्वभावका नेता एवम् संविधानसभा सदस्य शिवहादुर खड्काको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ। खड्काको निधनबाट मैले एक जना असल,  इमानदार पुरानो साथी गुमाएको छु। नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता  गुमाएको छ।’

प्रकाशित: May 02, 2021| 08:49 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।