शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामचलाउ मुख्यमन्त्रीद्वारा संसद् अधिवेशन अन्त्यको सिफारिस

कामचलाउ मुख्यमन्त्रीद्वारा संसद् अधिवेशन अन्त्यको सिफारिस

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।

आज (आइतबार) मात्रै राजीनामा दिएर कामचलाउ बनेका मुख्यमन्त्री पोखरेलले आज दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्।

मुख्यमन्त्रीको राजीनामा आएकाले संसदको बिजनेस नभएको भन्दै अधिवेशन अन्त्य गरिएको कामचलाउ मन्त्री बैजनाथ चौधरीले बताए।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग भएपछि आइतबार विशेष अधिवेशन आह्वान गरिएको थियो।

अविश्वासको प्रस्तावकै विषयमा छलफल गर्न आह्वान गरिएको विशेष अधिवेशन मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको थियो।

प्रकाशित: May 02, 2021| 07:01 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।