शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभाको बैठक अनिश्चित 

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभाको बैठक अनिश्चित 

मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएसँगै आज आइतबार दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चित बनेको छ। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुुटवल– मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएसँगै आज आइतबार दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चित बनेको छ। 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग भएपछि आइतबार विशेष अधिवेशन आह्वान गरिएको थियो।

अविश्वासको प्रस्तावकै विषयमा छलफल गर्न आह्वान गरिएको विशेष अधिवेशन मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको हो।  

‘मन्त्रिपरिषदले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने हो। तर यसमा केही जटिलता देखिएको छ,’ प्रदेशसभाका सचिव दुुर्लभकुमार पुन मगरले भने। बैठक सुरु गर्ने या नगर्ने भन्नेबारेमा छलफल गर्न सभामुख पूूर्णबहादुर घर्ती प्रदेश प्रमुुख धर्मनाथ यादवसँग छलफलमा रहेको सचिव पुुनले जानकारी दिए। 

प्रकाशित: May 02, 2021| 06:38 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।