शुक्रबार, भदौ १२, २०८३

मास्क नलगाउने ६४ हजारभन्दा बढी व्यक्ति कारबाहीमा

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश २ प्रहरी कार्यालयले थालेको अभियानअन्तर्गत मास्क नलगाउने झण्डै ६४ हजारभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

जनकपुरधाम- कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश २ प्रहरी कार्यालयले थालेको अभियानअन्तर्गत मास्क नलगाउने झण्डै ६४ हजारभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ। 

कोरोना महामारीको दोस्रो लहर प्रदेश २ मा समेत देखिन थालेपछि प्रदेश प्रहरी कार्यालयले कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना तथा प्रचारप्रसार अभियान थालेको हो। सोही अभियानअन्तर्गत मास्क प्रयोग नगर्ने ६४ हजार ९४४ जनालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए।

उनका अनुसार एक सप्ताहको अवधिमा मास्क नलगाउने ३ हजार ५२४ जना व्यक्तिबाट जरिवाना स्वरुप ३ लाख ५२ हजार ४०० रुपैयाँ राजस्व संकलन गरिएको छ। 

त्यस्तै मास्क नलगाएका ४४ हजार ४५१ जनालाई ३ घण्टा होल्डमा राखिएको तथा १६ हजार ९६९ जनालाई ३ घण्टा होल्डमा राखेर मास्क वितरण गरिएको प्रदेश २ प्रहरी प्रवक्ता प्रसाईले बताए। 

प्रदेश २ मा कोरोना संक्रमण दैनिक बढिरहेको अवस्थामा प्रदेश २ प्रहरी कार्यालयले भौतिक दूरी कायम गर्नुका साथै मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ। अन्यथा संक्रामक रोग ऐन २०२० अन्तर्गत कडा कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गरी चेतावनी दिएको छ।

प्रकाशित: Apr 25, 2021| 11:59 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।