शुक्रबार, भदौ १२, २०८३

कैलालीमा आगलागीबाट एउटा घर ध्वस्त

आगलागीबाट कैलालीको धनगढी उप–महानगरपालिका–१५, कटानका प्रेम पातलीको काठले बनेको दुई तले घर ध्वस्त भएको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

धनगढी- आगलागीबाट कैलालीको धनगढी उप–महानगरपालिका–१५, कटानका प्रेम पातलीको काठले बनेको दुई तले घर ध्वस्त भएको छ। 

आगलागीबाट आइतबार पातलीको दुई तले काठको घर ध्वस्त भएको प्रहरीले जनाएको छ। भान्सामा बालेको आगोबाट आगलागी भएको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार गोठमा समेत आगलागी हुँदा एउटा बाख्रा मरेको छ भने एउटा भैसी, एउटा गाई र एउटा बाख्रा घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा आगलागीबाट ९ करोड ९८ लाख २० हजार रुपैया बराबरको क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा एक सप्लायर्स, दुई कन्ट्रक्सन, एक पोल्ट्रीफर्म, सात चौपाया, एक मोटरसाईकल, चार कच्ची घर, चार गोठ, चार वटा काठका किराना पसल, ६ बिगाह १७ कठ्ठामा लगाएको गहुँ बाली जलेर नष्ट भएका छन्।

प्रकाशित: Apr 25, 2021| 11:51 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।