शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोनाबाट मृत्यु भएको पुष्टि आज भएको हो।

आज थपिएकासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकासहित नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४५० जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Apr 25, 2021| 11:11 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।