शुक्रबार, भदौ १२, २०८३

३१ सय २२ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १५ सय

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ जनाको पीसीआर र ७८६ जनाको एन्टिजेन परीक्षण भएकोमा ३ हजार १२२ जनालाई संक्रमण पुष्टि भएको हो। 

३ हजार ३२ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ९० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। आज कोरोना पुष्टि भएका सक्रमितमध्ये १ हजार ४९८ जना काठमाडौं उपत्यकाका छन्। 

काठमाडौंमा १ हजार १३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४५० छ।
 

प्रकाशित: Apr 25, 2021| 10:52 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।