शुक्रबार, भदौ १२, २०८३

माधव नेपालसहित चार नेताको रिट ‘हेर्न नभ्याइने’मा

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज आइतबार प्रारम्भिक सुनुवाइ हुन सकेन।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज आइतबार प्रारम्भिक सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिए पनि समय अभावका कारण आज ‘हेर्न नभ्याइने’मा परेको हो।

बिहीबार वारेस तिलकबहादुर थापामार्फत चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका लागि रिटलाई ३०औं नम्बरमा राखिएको थियो। 

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने तथा आफूहरूमाथि कारबाही चलाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय पार्टी विधान र कानुन विपरीत भएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
 

प्रकाशित: Apr 25, 2021| 10:23 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।