शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभाको कार्यसूचीमा अविश्वासको प्रस्ताव

गण्डकी प्रदेशसभाको कार्यसूचीमा अविश्वासको प्रस्ताव

गण्डकी प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्ने निर्णय गरेको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

पोखरा– गण्डकी प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्ने निर्णय गरेको छ। 

आज आइतबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको सभामुख नेत्रनाथ अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी गराए।

निर्णयअनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेशसभामा पेश हुने भएको छ।

प्रदेश प्रमुखले आह्वान गरेको विषेश अधिवेशनमा अविश्वासको प्रस्ताव पेश गरेर छलफल अघि बढाउने सभामुख अधिकारीले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले सोमबारका लागि प्रदेशको विषेश अधिवेशन डाकेका छन्।

विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमा छलफल हुने र नयाँ मुख्यमन्त्रीको टुंगो लागेपछि अधिवेशन अन्त्य हुनेछ। विपक्षी दलहरुले नयाँ मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरलेलाई प्रस्ताव गरेर अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद छन्। स्वतन्त्र सांसद दीपक मनाङे पनि एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै आएका छन्। यो समेत गरी सरकारको पक्षमा २८ जना सांसद छन्। विपक्षी दलहरु कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
 

प्रकाशित: Apr 25, 2021| 10:07 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।