शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्क नलगाउनेका समाचारलाई स्थान नदिनुस् : स्वास्थ्य मन्त्रालय

मास्क नलगाउनेका समाचारलाई स्थान नदिनुस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न सूचना जारी गरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्र रुपमा बढेको भन्दै सभा–समारोह तथा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न सूचना जारी गरेको छ।

यस्ता कार्यक्रम गर्ने आयोजक र सहभागी हुने दुवैलाई कारबाहीको दायरामा ल्याउन पनि मन्त्रालयले सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ। मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न आग्रह सबैलाई फेरि एकपटक सम्झाएको छ।

मन्त्रालयले समाचार तथा सूचना सम्प्रेषण गर्दा मास्क अनिवार्य रुपमा लगाउन तथा मास्क नलगाएका व्यक्तिका समाचार तथा सूचनालाई निरुत्साहित गर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

प्रकाशित: Apr 25, 2021| 09:20 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।