शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

विदेशीको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न सरकारको निर्देशन

सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– सरकारले विदेशी नागरिकको पीसीआर परीक्षण परिचयपत्र हेरेर मात्र गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दैै प्रयोगशालाहरूलाई यस्तो आग्रह गरेको हो। 

सूचनामा भनिएको छ, 'कोभिड–१९ को परीक्षणको व्यवस्था गर्दा नेपााली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी, निजका परिवार, नेपालमा बसोबास गरिररहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध छ।’ 

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएर कुनै पनि विदेशी नागरिकको कोभिड–१९ परीक्षण नगर्न निर्देशन दिएको छ। 

‘यसविपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिहरुले परीक्षण गर्ने गरेको पाइएमा नियमानुसार कारबाहीसमेत गरिने व्यहोरा सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ’, मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: Apr 25, 2021| 08:28 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।