शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रूपन्देहीमा विद्यार्थी मृत्युबारे छानविन समिति गठन, शैक्षिक संस्था बन्द गर्ने निर्णय 

रूपन्देहीमा विद्यार्थी मृत्युबारे छानविन समिति गठन, शैक्षिक संस्था बन्द गर्ने निर्णय 

कोरोना संक्रमण तीव्र रूपमा फैलन थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

बुटवल - कोरोना संक्रमण तीव्र रूपमा फैलन थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। 

नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय, कलेज, होस्टेल, ट्युशन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्म पूर्णतः बन्द गर्ने निर्णय गरेको हो। शनिबार मात्रै प्यारामाउण्ट बोर्डिङ स्कूलमा अध्ययनरत एक विद्यार्थिको उच्च ज्वरोका कारण मृत्यु भएपछि विद्यालय खुल्ला गरेकोमा सर्जत्र विरोध भएको थियो।

नगरपालिकाले सबै प्रकारका परीक्षा स्थगित गरेको जनाएको छ। नगरपालिकाले तिलोत्तमा–१, नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्रा प्रतिमा सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सो घटना बारे तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरेको छ।

तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानविन समिति गठन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। 

हाटबजार,  मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने नगराउने तथा  बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्न नगरपालिकाले अपिल गरेको छ।

विवाह, ब्रतन्ध, न्वारन, पास्नी, धार्मिक अनुष्ठान, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्न भनिएको छ।

प्रकाशित: Apr 25, 2021| 07:35 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।