शुक्रबार, भदौ १२, २०८३

देशव्यापी लकडाउन हुँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। 
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं - नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। 

एमालेको आज बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकले कार्यकर्ताहरूलाई स्थानीय तह र जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सहयोग गर्न निर्देशन दिएको हो। 

‘जिल्ला–जिल्लामा हेल्प डेस्क राख्ने, संक्रमणको सम्भाव्यता भएकाहरूलाई क्वारेन्टिनमा राख्ने, जागरण अभियान सञ्चालन गर्ने, कोही बिरामी भए सहयोग गर्नेलगायतका काममा खटिन कार्यकर्तालाई निर्देशन दिइएको छ,’ एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘बैठकले सिंगो पार्टी एकढिक्का भएर यसविरुद्ध लाग्ने निर्णय गरेको छ।’ 

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ सीसीएमसीका व्यक्तित्वहरू बसेर गरिएको छलफल र निष्कर्षबारे जानकारी गराएका थिए। 

प्रवक्ता ज्ञवालीका अनुसार देशव्यापी लकडाउन गरिने छैन। ‘हट्स्पट भएका ठाउँहरूमा लकडाउन हुन सक्ने भए पनि देशव्यापीरूपमा लकडाउन भने हुँदैन,’ उनले भने, ‘अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा विस्तार गर्ने, सिलिन्डर मगाउने, कोभिड–१९ को खोप विस्तार गर्नेलगायतका काम सरकारले गर्नेछ।’ 

यस्तै उनले आजको बैठकले कसैलाई कारबाही गर्ने भन्नेबारे निर्णय नगरेको बताए। 

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको र पार्टीभित्रैबाट फ्लोर क्रस हुन सक्नेबारे आवश्यक निर्णय लिइने ज्ञवालीको भनाइ छ। 

‘त्यसका लागि आवश्यक निर्णय हुँदै जानेछन्,’ उनले भने।

प्रकाशित: Apr 25, 2021| 07:18 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।