काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो।
'नेपालले नेदरल्याण्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई,' ट्वीटमा भनिएको छ।