काठमाडौं - नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटी बैठक सके लगत्तै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो।
प्रतिपक्षी दलसँग मिलेर माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरी सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न सक्ने देखेपछि ओलीले आकस्मिक बैठक डाकेका हुन्। ओलीले नेपाल पक्षका २७ सांसदलाई कारबाहीको तयारी गरेको स्रोतले जनाएको छ।