जनकपुरधाम - प्रदेश २ मा भेन्टिलेटर अभावमा एक कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका-५ बिर्ता टोलका ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
कोरोना संक्रमित भएका पुरुषलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको थियो। संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भेन्टिलेटरको व्यवस्था नरहेकोले थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो।
थप उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रवक्ता कुँवरले जानकारी दिए।