शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल समूहले केन्द्रमा पनि फ्लोर क्रस गर्ने आशंका, स्थायी कमिटीमा छलफल गर्दै ओली

माधव नेपाल समूहले केन्द्रमा पनि फ्लोर क्रस गर्ने आशंका, स्थायी कमिटीमा छलफल गर्दै ओली

नेकपा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ। आजै डाकिएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं - नेकपा एमाले स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। आजै डाकिएको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो।

प्रतिपक्षी दलसँग मिलेर माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरी सरकारविरुद्ध अविश्वास प्रस्तावकाे पक्षमा मतदान गर्न सक्ने देखेपछि ओलीले आकस्मिक बैठक डाकेका हुन्।

केन्द्रीय सदस्य कर्ण थापाका अनुसार अहिले स्थायी कमिटी बैठक जारी छ। स्थायी कमिटी बैठक लगत्तै महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने छ।

यसअघि माधव नेपाल पक्षका सांसदले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मतदान गरी माओवादीको सरकार जोगाइदिएका थिए। 

प्रकाशित: Apr 25, 2021| 05:41 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।