शुक्रबार, भदौ १२, २०८३

पर्सामा भेटियो मृत पाटेबाघ, मृत्युको कारण खुलेन

पर्साको ठोरी गाउँपालिका-३, रामनगर नजिकै एउटा वयस्क पाटेबाघ मृत फेला परेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

पर्सा - पर्साको ठोरी गाउँपालिका-३, रामनगर नजिकै एउटा वयस्क पाटेबाघ मृत फेला परेको छ। रामनगरको रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र शनिबार साँझ पाटेबाघ मृत फेला परेको हो।

सामुदायिक वनभित्र गाईबस्तु चराउन गएका स्थानीयवासीले मृत बाघ देखेपछि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए। 

मृत बाघलाई शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा लगेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। बाघको मृत्युको कारण भने खुलिनसकेको उनको भनाइ छ। 

बाघको अवस्था हेर्दा उक्त बाघ पहिलेदेखि नै घाइते भएको हुन सक्ने र सोही कारण मानिसलाई आक्रमण गरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए।

सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार सोही बाघको आक्रमणमा परी रामनगरका पूर्णबहादुर तामाङ घाइते भएका थिए। 

यस्तै सोही दिन रामनगरका स्थानीयको आधा दर्जन बढी खसीबाख्रा बाघले मारेको थियो।

प्रकाशित: Apr 25, 2021| 05:26 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।