शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री पाण्डेलाई जसपाका कार्यकर्ताले देखाए कालो झण्डा 

मन्त्री पाण्डेलाई जसपाका कार्यकर्ताले देखाए कालो झण्डा 

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता-कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका छन्।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता-कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेका छन्।

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै मन्त्री बनेको आरोप लगाउँदै जसपाकै स्थानीय कार्यकर्ताले कालो झन्डा देखाएका हुन्।  

रुपन्देहीको मर्चवारमा शनिबार दिउँसो एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपूर, मझगावा र गोनहियालगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्व सांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद् सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव, रेनु सिंह, चन्द्रभूषण यादव, अमरजित यादव, सुनिल जैसवाललगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पद लोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए। उनीहरुले मन्त्रीको बाटो छेक्ने प्रयास गरे पनि प्रहरीको स्कटिङमा मन्त्री गन्तव्यमा पुगेका छन्।

संसदीय दल र पार्टीको निर्णय तथा ह्विप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले आफूहरुले बहिस्कार गर्ने निति लिएको जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताए।

प्रकाशित: Apr 24, 2021| 13:21 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।