शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूरै लकडाउन गर्ने कुरा भएको छैन : स्वास्थ्य मन्त्रालय 

पूरै लकडाउन गर्ने कुरा भएको छैन : स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्णरुपमा लकडाउन गर्ने योजना नरहेको जनाएको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्णरुपमा लकडाउन गर्ने योजना नरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पूर्णरुपमा लकडाउन गर्दा झन् धेरै समस्या देखिने भन्दै त्यस्ता निर्णय तथा सिफारिस मन्त्रालयले नगरेको बताए।

‘स्वास्थ्य मन्त्रालयले एक महिना अगाडिदेखि नै आवतजावत कम गर्न, भिडभाड नगर्न, अत्यावश्यक नपरी हिँडडुल नगर्न भन्दै आएको थियो’, प्रवक्ता गौतमले भने, ‘एक महिनादेखि नै हामीले यस्ता गतिविधि नगर्न भन्दै आएका थियौं, तर कसैले पनि टेरेको छैन जसको नतिजा अहिले देखिएको छ।’

भिडभाड हुने स्थानमा कडाइ गर्ने, आवतजावतलाई निकै कम गर्नेलगायत विषयमा सीसीएमसीको बैठकमा छलफल भएको उनले बताए।

प्रवक्ता गौतमले नेपाल समयसँग भने, ‘लकडाउन हाम्रो लागि निकै खर्चिलो हुन जान्छ, पुरै लकडाउन गर्दा झनै धेरै बिरामीको मृत्यु हुन जान्छ। लकडाउनका कारण बिरामीलाई समेत अफ्ठेरो पर्ने हुनाले पुरै लकडाउन नै गर्ने भन्ने कुरा भएको छैन तर मानिसलाई सकस नहुने तरिकाले आवतजावत गर्नुपर्छ।’ 

सीसीएमसीका फोकल पर्सन मेहन्द्र श्रेष्ठले पनि भिडभाड यही गतिमा बढ्दै गए अवस्था निकै चिन्ताजनक र नियन्त्रण बाहिर जाने बताए। 

प्रवक्ता गौतमले जन स्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: Apr 24, 2021| 11:50 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।