शुक्रबार, भदौ १२, २०८३

आज २६ सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

७ हजार ५२५ जनाको पीसीआर र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गराउँदा २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको हो। 

पीसीआर परीक्षणबाट २ हजार ४८६ र एन्टिजेन परीक्षणबाट ३३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हाल १६ हजार २ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन्। 

नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। 

कुल मृतकको संख्या ३ हजार १३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 24, 2021| 11:03 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।