शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरहरामा ज्यान गुमाउनेका परिवारलाई जागिर दिन्छाैं : ओली

धरहरामा ज्यान गुमाउनेका परिवारलाई जागिर दिन्छाैं : ओली

भूकम्पका बेला धरहरामा परेर ज्यान गुमाउनेका परिवारका एकजनालाई प्राथमिकताका साथ रोजगारी प्रदान गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पका बेला धरहरामा परेर ज्यान गुमाउनेका परिवारका एकजनालाई प्राथमिकताका साथ रोजगारी प्रदान गरिने बताएका छन्।

पुनर्निर्मित धरहराको उद्‍घाटन गर्दै उनले अब नढल्ने गरी धरहरा निर्माण भएको बताए। उनले उपलब्धिको हिस्सेदारी जनतालाई दिई नेपाललाई विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। जसअनुरुप सडक बालबालिका देखिन छोडेको उनले बताए।

२०७८ साल सडक बालबालिका मुक्त, सहयोगापेक्षी मानवमुक्त, सडक भिखारीमुक्त नेपाल बनाउने लक्ष्य रहेको बताए।

'विगत तीन वर्ष नेपालको इतिहासमा विकासले तीव्र रफ्तार लिएको छ। तीन वर्षलाई विकास, पुनर्निर्माणको गतिको वर्षमा हामीले लिएका छौं', उनले भने।

नेपाली भिख माग्ने नभएर दाता भएकाले नेपाललाई दाता राष्ट्र बनाउने बताए। 'हामीसँग स्रोत छन्, जमिन, पहाड, तराई, खनिज छन्। हामीले विभिन्न उत्पादन गर्न सक्छौं। खाद्यदेखि आवश्यक उपभोग्य वस्तुको उत्पादन गर्न सक्छौं। हामीले तेल खानीको अन्वेषण गरिरहेका छौं। फलाम खानीको अन्वेषण गरिसकेका छौं। त्यसपछि हामी बाहिर जानु पर्दैन', उनले भने।

अब उपभोक्ता प्रवृत्तिको जनस्तरबाटै अन्त्य गर्नुपर्ने ओलीकाे भनाइ छ। त्यसमा सरकार लागिरहेको उनको दाबी छ।

प्रकाशित: Apr 24, 2021| 07:09 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।